धरान : कोरोना संक्रमित युवतीसंग एउटै प्लेनमा आएका दुई जना धरानका पनि रहेकाले अहिले धरान उपमहानगरपालिकामा आकस्मीक बैठक बसेको छ ।

सोमबार काठमाण्डौमा कोरोना संक्रमित पुष्टि भएका युवतीसंग एउटै प्लेनमा आएका धरान ६ र १६ का दुई व्यक्ति पनि रहेको बताईएको छ । उनीहरुलाई क्वारेनटाईनमा कसरी पठाउने भन्ने बारेमा उपमहानगरपालिकाको बैठकमा छलफल भईरहेको धरान उपमहानगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिएका छन् ।

आकस्मीक बैठकमा लकडाउनलाई कसरी कार्यन्वयन गर्ने ? भोली बुधवार देखि धरानमा कोही पनि मानिस बाहिर हिडडुल गर्न नदिनेबारेमा छलफल भईरहेको बताईएको छ ।

लकडाउनको बेलामा चलेका सवारी प्रहरी नियन्त्रणमा

Sawari-Niyantran-1

धरानमा लकडाउनको बेलामा पनि सवारी साधन चलाउनेहरुको सवारी प्रहरीले नियन्त्रणमा लिन थालेको छ ।

सरकारले कोभिड १९ कोरोना भाईरसको संक्रमणको जोखिमबाट सर्वसाधरणहरुलाई सुरक्षित राख्नका लागि आज मंगलबार देखि चैत्र १८ गते सम्म देशैभर लकडाउन जारी गरेको छ ।

Sawari-Niyantran-2

सरकारले जारी गरेको लकडाउनको उलंघन गर्दे सर्वसाधरण बाहिर निस्किएको भन्दै धरान प्रहरीले सर्वसाधरणलाई सार्वजानिक स्थलमा भेला भएर बस्न दिएको छैन भने मंगलबार दिउसो सम्ममा ३ सय मोटरसाईकल र स्कुटर ६० वटा टेम्पोलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

नियन्त्रणमा परेका सवारी साधनका चावी लकडाउन सकिएपछि मात्रै सवारीधनीलाई फिर्ता दिने इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले बताए ।