धरान : सरकारले घोषणा गरेको 'लकडाउन'उल्लङ्घन गरेर प्रदेश एक भित्र हिड्डुल गरिरहेको ८०१ ओटा सवारीको चाबी मङ्गलवार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

एक नम्बर ट्राफिक प्रहरी प्रमुख भीम दाहालका अनुसार ८०१ ओटा चाबी नियन्त्रणमा लिएको हो ।

प्रदेश एक भरिका १४ जिल्लामा नियम उल्लङ्घन गर्ने सवारी साधन चलाउनेलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा पर्ने अधिकांश मोटरसाइकल छन् ।

पहिलो दिन भएकोले सबैलाई चाबी फिर्ता दिने दाहालले बताए । 'तर भोलिदेखि यसरी जथाभाबी कुदाउनेलाई कडा कारबाही हुन्छ'उनले भने ।