धरान : दुई दिनमा धरान स्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना आशंका गरी १३ जना आफ्नो स्वास्थ्य परिक्षण गर्न आईपुगेका छन् ।

सम्पर्कमा आएका मध्ये चैत्र ४ गते कतार एयरवेजमा कोरोना संक्रमित युवती संगै प्लेनमा आएका तीन जना र इटहरीबाट एक जना, सिराहाको लाहानबाट १ जना, प्रतिष्ठानमै अध्ययनरत भारतीय विद्यार्थी २ जना, भारतको दिल्लीबाट आएका १ जना र भारतको केरेलाबाट आएका एक दम्पती, चिनिया नागरिक लगायत गरी जम्मा १३ जना प्रतिष्ठानमा आईपुगेको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सहायक अस्पताल निर्देशक डा. विकास शाहले बताएका छन् ।

उनका अनुसार अहिले ५ जना प्रतिष्ठानको आईसोलेसन वार्डमा राखिएको छ भने अरु ८ जनालाई क्वारेनटाईनमा रेफर गरिएको छ ।

लकडाउनको पहिलो दिन व्यापक लकडाउनको उलंघन भएको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको छ । मंगलबार एक सुचना जारी गरी चैत्र ११ गते विहान ६ बजे देखि चैत्र १८ गते विहान ६ बजे सम्म स्थानिय प्रशासन ऐन २०२८ को दफा ६(३) बमोजिम निषेधाज्ञा जारि गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जानकारी दिएको छ ।