स्पेनमा चार नेपालीलाई कोरोना संक्रमण पुष्टि संक्रमित ब्यक्तिहरुको विवरण भने गोप्य

  • चैत्र १४, २०७६
  • २२७ पटक पढिएको
  • वसन्त रानाभाट
alt

बार्सिलोना । स्पेनमा चार जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ ।

बार्सिलोनाको साग्रादा फ्यामिलिया बस्दै आएका एक जना नेपालीको भने सान्पाओ अस्पतालमा उपाचार भइरहेको छ । अन्य ३ जना भने हस्पितालेद क्षेत्रका हुन् । उनीहरु त्यहाँस्थित अस्पतालमा भर्ना भएका छन् ।

संक्रमित ब्यक्तिहरुको विवरण भने गोप्य राखिएको छ । स्रोतका अनुसार चारै जना संक्रमितहरु पुरुष हुन् । तीन जनाको अवस्था सामान्य रहे पनि एक जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पाले नेपालीहरु संक्रमित भएको सूचना दूतावासलाई प्राप्त भएको बताइन् । टेलिफोनमा कुरा गर्दै राजदूत शेर्पाले भनिन्, ‘बार्सिलोनामा बस्दै आएका केही नेपालीहरुलाई कोभिड-१९ संक्रमण भेटिएको सूचना आएको छ । तर संक्रमितहरुको सम्पूर्ण डिटेल दूतावासबाट खोज्ने प्रयास भइरहेको छ ।’

उनले संक्रमित ब्यक्तिहरु र परिबारलाई दूतावासको सम्पर्कमा आउन अनुरोध समेत गरिन् । उपाचार लगायत भइपरी आउने प्रक्रियामा दूतावासबाट पूर्ण सहयोग रहने राजदूत शेर्पाले बताइन् ।

तर संक्रमित र उनका परिवारले घटनालाई बाहिर नल्याउन नेपाली समुदायका अगुवाहरुलाई अनुरोध गरेका छन् । स्रोतका अनुसार पहिलो संक्रमितको एक हप्ता पहिले नै पोजेटिभ देखिएको थियो । अन्य तीन जनाको भने हालै रिपोर्ट आएको हो । तर यो घटना अझै पनि नेपाली समुदायमा गुपचुप नै छ ।

नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष इन्द्रप्रसाद शर्माले परिवारहरुको अनुरोधमा नै घटना सार्बजनिक नभएको बताए । ‘भनौं भने पनि किन भनिस् भन्ने वा नभनौं भने पनि किन बाहिर आएन भन्ने अवस्था सृजना भएको छ । तर संक्रमित ब्यक्तिहरु जोजोसँग सम्पर्क वा नजिक भएका थिए ती साथीभाइहरुलाई खबर गरेर अस्पतालमा जाँच गर्न सुझाव दिएका छौं,’ उनले भने ।


यो समाचार  वसन्त रानाभाटले अनलाइन खबर (www.onlinekhabar.com) कालागी लेखेका हुन ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • बिनय बाह्रकोटी (ईटहरी)
  • कृष्ण 'बहाब' भट्टराई (इटहरी)
  • अर्जुन काफ्ले (पथरी)
  • केशवराज भण्डारी (बिर्तामोड)
  • बिज्ञापन प्रमुख सुजन खत्री (९८०७०९२०९७)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved