धरान धरान रनले धरानको भानुचौकमा लकडाउनको बेलामा डिउटीमा खटिने सुरक्षाकर्मीलाई जुस, विस्कुट, चिप्स र पानी वितरण गरेको छ ।

नेपालकै धेरै धावकहरुको सहभागितामा हरेक वर्ष धरान रन आयोजना गर्दे आएको धरान रनले भोक तिर्खा केही नभनी विहान देखि साँझ सम्म भानुचौकमा डिउटीमा खटिनेहरुलाई विहिबार विहान जुस, विस्कुट, चिप्स र पानी वितरण गरेको हो ।

लकडाउनको बेलामा अव देखि केही दिन निरन्तर विहान सुरक्षाकर्मीहरुलाई सहयोग गर्ने धरान रनका अध्यक्ष रोमु राईले बताए ।