झापा : सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको भन्दै व्यवसायीहरूले गुनासो गरेका छन् । सरकारले ठुलो मुल्अह्न्याया घटाएको भन्दै मेची पेट्रोलियम डिलर्स एसोसिएसन झापाले गुनासो गरेको हो ।
गत चैत ९ र १० गते भारतबाट ल्याइएको पेट्रोलियम पदार्थ बिक्री गर्न पनि नदिएको र बुधवारबाट पेट्रोल र डिजेलमा प्रति लिटर १० रुपैंया मूल्य घटाएर पेट्रोलियम व्यवसायीको व्यवसाय नै धरापमा पारेको बताएका छन् ।
सरकारले लकडाउनको समयमा पेट्रोलियम पदार्थ बिक्री गर्न नदिएको र गत ११ गतेबाट मुलुक लकडाउनको अवस्थामा रहेकै समयमा इन्धनको मूल्य घटाउँदा प्रत्येक पम्पहरू चार लाख बढीको घाटामा गएको मेची पेट्रोलियम डिलर्स एसोसिएसन झापाका अध्यक्ष नवीन कोइरालाले बताएका छन् ।
'सरकारले अति आवश्यक बाहेक पेट्रोलियम पदार्थ बिक्री गर्न पनि दिएन' कोइरालाले भने 'महँगोमा किनेर ल्याएका छौँ, अब सस्तोमा बेच्दा हाम्रो व्यवसाय नै धरापमा पर्नेभयो ।'
इन्धन बेच्न नपाउँदा स्टक धेरै रहेकाले मूल्य घटेसँगै आफूहरू घाटामा गएको ब्यवसायीहरुको भनाई छ ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        



![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)












 
         
        

















































 
         
         
        