इटहरी : इटहरीका मेयर द्धारिकलाल चौधरीले छ महिना लकडाउन भए पनि कुनै पनि इटहरीवासीलाई भोकै हुन नदिने बताएका छन् । नगरवासीलाई भोक भोकै हुन नदिन उपमहानगर आवश्यक राहत जुटाउन लागिपरेको चौधरीले बताए ।
चौधरीले भने 'म इटहरीको मेयरको हैसियतले भन्छु छ महिना सम्म लकडाउन भए पनि हामी खाद्यान्न आपूर्ति गर्न सक्षम छौ कोही भोकै मर्ने वाला छैन।'उपमहानगरले उद्यमी,व्यवसायी,बैक,सहकारी लगायत नागरिक समुदायलाई सहयोगका लागि आग्रह समेत गरेको छ ।
इटहरीमा हाल ४० हजार घर परिवार मध्ये १५ हजार सम्म घरपरिवार दैनिक ज्यालादारी गरेर गुजारा चलाउने छन् । उनीहरू दिनभर श्रम गरेर त्यस वाट प्राप्त ज्याला वाट बेलुका छाक टार्ने गर्छन् ।
ती जनतालाई भोक भोकै हुन नदिन उपमहानगरको आकस्मिक कार्यपालिका बैठकले सबै वडाहरूमा राहत वितरण गर्न थालेको छ ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        



![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)












 
         
        

















































 
         
         
        