इटहरी : नेपालका लागि कोरोना भाइरसका सातौं संक्रमित भेटिएका छन् । भारत बाट आएका व्यक्तिलाई पोखरामा गरिएको स्वास्थ्य परीक्षणमा कोरोना भेटिएका हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालै मात्र स्थापना गरिएको कोभिड-१९ परीक्षण ल्याबबाट भारतबाट आएका ती व्यक्तिमा कोरोना पुष्टि भएको हो।

गण्डकी प्रदेश सरकारका एक अधिकारीका अनुसार पोखराको ल्याब पोजेटिभ देखिएपछि पुन:परीक्षणका लागि काठमाडौंस्थित केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा पठाइँदैछ।