इटहरी : प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले अहिले प्रश्न भन्दा काम गर्ने बेला भएको बताएका छन् ।

आइतबार बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिको बैठकमा मुख्यमन्त्री राईले अहिले सरकारका हरेक निकायहरुले प्रश्न गर्ने, आरोप प्रत्यारोप नगरी महामारी विरुद्ध लडने बेला भएको बताएका हुन् ।

उहाँले सरकारका हरेक निकाय, समाजिक संघ सस्था, वित्तिय क्षेत्र सबैसंग सहकार्य गरेर महामारी बिरुद्द लड्नु पर्ने बताए । कोरोना विरुद्धको अभियानमा प्रदेश सरकारले तिव्र रुपमा काम गरेको बताउदै राईले नागरिकमा सचेतना, आपूर्तीको लगायतको क्षेत्रमा काम गरिरहेको जानकारि दिए ।

प्रदेशको सुरक्षा र आपुर्ती व्यवस्थालाई चुस्त बनाउन स्थानीय तहहरुसंग समन्वय भइरहेको र स्थानीय तहले नसके प्रदेश र संघबाट आपूर्ती गरिने राईले बताए ।

अत्यावश्यक उपभोग्य वस्तु तथा खाद्यान्नहरुको अभाव हुन नदिन त्यस किसिमका उद्योगहरुको सुची तयार गरि आआफ्नो कार्य क्षेत्रमा पर्ने उद्योगहरु सञ्चालन गर्न सम्बद्ध मन्त्रालयहरुलाई निर्देशन दिने निर्णय गरेको छ ।

जस्तोसुकै बिरामीहरुलाई लकडाउन अवधिभर सेवा उपलव्ध गराउने गरी एम्बुलेन्स तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।

प्रदेश सरकार मार्फत वितरण हुने गरि विभिन्न व्यक्ति, संस्था, दाता वा निकायहरुबाट प्राप्त भएको राहत सामग्रीहरु विपन्न परिवारहरुमा प्रभावकारी ढंगबाट वितरण गर्न उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ ।