धरान : खानेपानी नआएको भन्दै विहानै स्थानियबासीले धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीको घर  घेराउ गरेका छन् ।

धरान १५ को सयपत्री मार्ग र मदनआश्रित मार्गका स्थानिय बासिन्दाले आज विहानै उपमेयरको घरमा पुगेर खानेपानी आफ्नो टोलमा नआएको भन्दै घर घेराउ गरेका हुन् । धरान १५ सयपत्री चौकका विष्णु कोईरालाकाले भने 'धरान १५ को सयपत्री मार्ग र मदन आश्रित मार्गमा १ महिना देखि खानेपानी नआएकोले आज टोलबासी भेला भएर उपमेयरको घरमा मौखिक डेलिगेसन गएका हौ । खानेपानीको समस्या १ महिना देखिनै भए पनि पछिल्लो एक हप्ता देखि भने खानेपानीको चरम अभाव भएको छ'।

खानेपानी नआएको बारेमा नेपाल खानेपानी संस्थान, आइयुडिपी सवैलाई जानकारी गराउँदा पनि समस्याको सम्वोधन नभएकोले उपमेयरकै घर नजिक भएकोले हामी भेला भएर गएको कोईरालाले बताए । लकडाउनको बेलामा सम्वन्धीत निकाय सम्म जान नसकिने हुँदा छिमेकमै उपमेयरको निवास भएकोले उपमेयर समक्ष मौखिक डेलिगेसन गएका हौ, यदी हाम्रो समस्यालाई सम्बोधन भएन भने अर्काे चरणको आन्दोलनमा जाने पनि उनले बताए ।

धरान उपमहानगरपालिकाका उपमेयर मञ्जु भण्डारी सुवेदीले सो क्षेत्रमा किन पानी आएन भनेर आईयुडिपीका प्राविधिकलाई बोलाएर समस्या बुझ्न निर्देशन दिइसकेको बताईन् ।

दुई ठाँउमा खनेर पाईपको भल्व प्राविधिकरुपमा के भएको हो भनेर हेर्न र पानी आउने बनाउन लगाएको उपमेयर मञ्जु भण्डारी सुबेदीले बताएकी छिन् ।