भारतीय अभिनेत्री नेहा धुपिया गर्भवती भएको कुरालाई लिएर भारतीय सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । ‘उनी बिहेअघि नै गर्भवती थिइन् र यही कारण उनले गुपचुपमा बिहे गरेकी हुन्’ भन्ने कुरा सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

यस हल्लालाई लिएर नेहा र उनका श्रीमान् अंगद वेदीले कुनै प्रतिक्रिया जनाएका छैनन् । तर, छोरीबारे यस्तो कुरा सुनेर नेहाका बुबा प्रदीप धुपिया वाक्कदिक्क भएका छन् । उनले नेहाका बारेमा आएका यी कुरा गलत भएको बताइरहेका छन् ।

नेहाका पिताले भनेका छन्, ‘नेहा र अंगद बेदीले हतारमा बिहे गरेका हुन् । यही कारण मान्छेहरूले यस्तो आशंका गरेका हुन् । यो बेकारको हल्ला मात्र हो ।

वेदी परिवार र हामी मिलेरै बिहे तय गरेका हौँ । फेरि, दुवैका सामुन्ने धेरै कामहरू छन्, गर्नुपर्ने । त्यही कारण पनि बिहेको मिति चाँडै तय भएको हो ।’