इटहरी । स्कुले विद्यार्थीहरुले इटहरीमा विगत ६ वर्ष देखि आफ्नै लेखन तथा
निर्देशनमा तयार पारेर नाटक मञ्चन गर्दै आएको स्कुल थिएटरको छैठौं
संस्करणको तयारी पुरा भएको छ ।

कलालय इटहरीले कला क्षेत्रमा नयाँ पुस्तालाई भित्र्याउने उदेश्यले सञ्चालन गर्दै
आएको स्कुल थिएटरको छैठौं संकरणको तयारी पुरा भएको जनाएको हो ।

विद्यार्थीहरुले अभिनय कला सिकेर आफैले निर्देशन तथा अभिनय गर्ने गरेको
स्कुल थिएटर अन्तर्गत यही जेठ २४ गते देखि तीन दिन सम्म इटहरीको तायरिप्ची भवनमा
मञ्चन गर्ने गरी सुगम दुलालको निर्देशनमा फुरफुर नामक नाटकका कलाकारहरु अनुजा
पौडेल,विकाश श्रेष्ठ,मनोज राई,हिमाल निरौला लगायतले मञ्चन गर्ने गरी तयारी
रहेको छ । नाट्य क्षेत्रमा पुर्वबाट एउटा टिम तयार पार्ने लक्ष्य सहित स्कुले
विद्यार्थीहरुलाई नाट्यकलाका विषयमा सहजिकरण गरिएपछि उनीहरुको आकर्षण वढ्दै
गएपछि छैठौं संकरण सम्म आइपुगेको कलालय इटहरीका अध्यक्ष सोनु जयन्ती वताउछन ।
कम्तीमा पनि एक दसक सम्म विद्यार्थीहरुलाई नाट्य क्षेत्रमा लगाउन सके एउटा टिम तयार
हुने सोच अनुसार सुरु गरिएको स्कुल थ्रियटरको ६ वर्ष सम्म आइपुग्दा धेरै जसो
पुरानै विद्यार्थीहरु भएको कारण पनि आफुहरुको सोच पुरा हुने जयन्तीको विश्वास
रहेको छ ।

नाट्यकलाको क्षेत्रमा युवा पुस्ताको आकर्षण घटि रहेको समयमा आफुहरुले
प्रवेश गर्न लागेको र त्यस क्रममा विगत देखिनै काम गर्दै आएकाहरुले निरन्तरता दिदै
आएको कारण आफुहरु उत्साहित भएको छैठौं संस्करणका निर्देशक सुगम दुलालले
सुनाउछन । नाटक मञ्चन हुने दिन नजिकी रहेको समयमा अभियनकलालाई निखारता ल्याउन
स्कुले कलाकारहरु अभ्यासमा व्यस्त देखिन्छन ।