धरान । किरात राई यायोक्खाले संरक्षण गरीरहेको धरान १७ स्थित साकेला पार्क पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयअन्र्तगतको वनस्पति विभागको सहयोगमा वनस्पति उद्यान निर्माण भएसँगै साकेला पार्कमा पर्यटकीय आकर्षण बढेको हो ।
विभागको करिब ८० लाखको सहयोगमा निर्माण भएको साकेला वनस्पति उद्यानको शनिबार एक कार्यक्रमबीच प्रदेश नं १ का सभामुख प्रदिपकुमार भण्डारीले उद्घाटन गरेका थिए । वन मन्त्रालयले वनस्पति उद्यान परियोजना स्वीकृत गरेर पञ्चबर्षीय योजनामा यहाँको पनि परेको थियो । गत आर्थिक बर्षमा ७८ लाख ४२ हजार ७ सय ४६ बराबरको निर्माण कार्य भएको समितिले जनाएको छ । जसअन्र्तगत परियोजनाले गत बर्ष नै नर्सरी, बाल उद्यान, गुलाब बाटिका, पानी फोहोरा उद्यान, उत्तरपटि कम्पाउण्ड वाल र आदिबासीहरुको सँस्कारमा चाहिने लोपोन्मुख विरुवाहरुको वाटिका पनि निर्माण गरेको उद्यान व्यवस्थापन तथा विकास समितिले जानकारी दिएको छ । शनिबार सोही पर्यटकीय तथा वनस्पति अध्ययन थलोको उद्घाटन गरिएको हो ।

IMG_20180915_124403 वनस्पति उद्यान व्यवस्थापन तथा विकास समितिका अध्यक्ष नगेशचन्द्र राईका अनुसार यो उद्यान २०७२ मा वन मन्त्रालयको सचिवस्तरीय निर्णयबाट पञ्चबर्षीय योजनामा परेको थियो । उद्यानलाई पर्यटकीय आकर्षणसँगै लोपोन्मुख जडिबुटी र हाम्रो आदिबासी जनजातिहरुको सँस्कारमा आवश्यक पर्ने बाटेविरुवाहरुको पनि संरक्षण र अनुसन्धान केन्द्र बनाउने उद्देश्यले वन मन्त्रालयले बजेट दिएको हो । खानेपानीको समस्या हल गर्न बजेटबाट १८ हजार लिटरको पानीटंकी पनि निर्माण गरिएको छ ।
निर्माण समितिका उपाध्यक्ष रेवतीरमण राईले वनस्पति अध्ययन गर्न विद्यार्थीहरु आउने गरी लोपोन्मुख बोटविरुवा तथा जडिबुटिहरु रोपेर संरक्षण गरिने बताए । यो उद्यान यायोक्खाको मात्र नभए धरान, राष्ट्रकै सम्पत्ति भएकोले सबैले संरक्षणमा चासो दिनुपर्ने उनी बताउछन् । समितिले अबदेखि उद्यानभित्र प्रवेश गर्न शुल्क लिने र सो रकमले उद्यान स्याहार गर्न माली राख्ने, संरक्षण, संवद्र्धनमा खर्च गर्ने निर्णय गरिएको पनि उनले बताए । साकेला पार्क करिब साढे ४ बिघा क्षेत्रफलमा फैलिएको छ ।

तस्बिर क्याप्सन :
रिबन काटेर साकेला वनस्पति उद्यानको उद्घाटन गर्दै प्रदेश सभामुख प्रदिपकुमार भण्डारी ।

IMG_20180915_124131

वनस्पति उद्यानको अवलोकन गर्दै प्रदेश सभामुख प्रदिपकुमार भण्डारी,सांसदद्धय सावित्री श्रेष्ठ र उमिता वराइलीसहित पनि 

1 97 IMG_20180915_124511 IMG_20180915_124318 IMG_20180915_124206 IMG_20180915_124718 IMG_20180915_124746