सुनसरी । सुनसरीको दुहवी नगरपालिका ५ स्थित श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्थमा मंगलबार राती आगलागी भएको छ ।
करिब साढे ११ बजे भएको आगलागीबाट करोड बढीको धनमाल नष्ट भएको अनुमान गरिएको छ । सो आगलागी बिद्युत शर्ट भइ भएको हुनसक्ने संस्थाका अध्यक्ष मिलिराम चौधरीले बताए । उनका अनुसार आगलागीबाट संस्थाको कागजपत्र, कम्प्यूटर, फर्निचर लगायत धेरै सामानहरु नष्ट भएको छ । आगो निभाउनको लागि बिराटनगर, इटहरी, इनरुवाबाट र दुहवीको गरी ५ ओटा दमकलले प्रयास गरेको थियो । करिब ४ घण्टाको प्रयासपछि मात्र आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।
सुनसरी जिल्ला प्रहरी प्रमुख एसपी राजन अधिकारीले आगलानी र क्षतिको थप अनुसन्धान भइरहेको जानकारी दिए ।

तस्बिर : प्रेम गिरीको फेसबुकबाट  ।

 1 111 3 8 2 19