सुनसरी: नेकपाका नेता एवं ताप्लेजुङका सांसदसमेत रहेका योगेश भट्टराईले दुई बर्षमा पाथीभरामा केवलकार पुर्याउने प्रतिवद्धता जनाएका छन् ।
इटहरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पाथीभरामा केवलकार पुरयाएर प्रत्येक बर्ष ताप्लेजुडमा १० लाख पर्यटक जाने वातावरण बन्ने पनि बताए । ‘अबको २ बर्षमा पाथीभारामा केवलकार पुर्याउछौ, र प्रत्येक बर्ष ताप्लेजुङमा १० लाख पर्यटक पुग्ने वातावरण बनाउछौ,’नेता भटराईले भने ।
केवलकारलाई पाथीभरामा पुर्याउन सकिए धार्मिक पर्यटकहरुलाई धेरै सुगम हुने र ताप्लेजुङमा ओइरिने नेता भटराईको भनाई छ । यसले पर्यटनको विकास, प्रर्वद्धन हुने र आर्थिकरुपमा समृद्ध हुने पनि उनले बताए । गएको दशैका वेला एकैदिनमा १५ हजार पर्यटक पाथीभरा पुगेको स्मरण गर्दै नेता भटराईले पाथीभाराबाट ताप्लेजुङले मात्र नभई अन्य छिमेकी जिल्लाहरुले पनि फाइदा पाउने बताए । ‘देशविदेशबाट पाथीभरा जाने पर्यटकहरु इटहरी भएर जान्छन्, पर्यटकहरुलाई एक दिन इटहरीमा बास बस्ने कल्चर विकास गर्नुपर्छ,’उनले भने ।




![१४ करोड ऋण नतिरेपछि एनआइसी एसिया बैङ्कले खाली गरायो ‘इटहरी मल’ [भिडियाे] १४ करोड ऋण नतिरेपछि एनआइसी एसिया बैङ्कले खाली गरायो ‘इटहरी मल’ [भिडियाे]](https://kapurinews.com/uploads/2025/09/icinema-itahari-lilami-480x360.jpg)





























































