धरान: बगरकोट धरानको प्रमुख पर्यटकीय गन्तव्य हो । बगरकोटमा नाइट लाइफको परिकल्पना गरिदै आएको छ । यहाँ खुलेका लाउञ्ज एण्ड बारहरुमा हरेक दिन आन्तरिक पर्यटकहरुको घुइचो लाग्छ ।

हिजो सोमबार अंग्रेजी २०१८ को विदाई र नयाँ बर्ष २०१९ को स्वागतमा बगरकोट खचाखच भरियो । बगरकोटको कुनै पनि होटल, रेष्टुरेष्ट तथा लाउञ्ज एण्ड बारहरुमा पाइला टेक्ने ठाउँ थिएन । व्यवसायीहरुका अनुसार हिजो न्यू इयर इभ मनाउन ५ हजार बढी पर्यटकहरु बगरकोट पुगेका थिए । विडम्बना कस्तो भयो भने, त्यतिकै संख्यामा ठाउँ अभाव भएर पर्यटकहरु फर्कनु पर्यो । न्यू इयर इभलाई मध्यनजर गर्दै प्रहरी प्रशासनले सोमबार मध्यराती साढे १२ बजेसम्म बगरकोट खुल्न दिएको थियो । अन्य सामान्य दिनमा यहाँका होटल, रेष्टुरेष्टहरुलाई राती ११ बजेसम्म मात्र खुल्न छुट छ ।

a49051942_273396416663661_4020674582645047296_o

बगरकोट व्यवसायी समितिका सदस्य एवं एमएच बिबिक्युका सञ्चालक जीवन मेन्याङ्बोका अनुसार बगरकोटका सबै होटल, लाउञ्ज एण्ड बारहरु सोमबार राती खचाखच गरिएको थियो । ठाउँ नभएर निराश हुदै फर्कने पर्यटकहरुको संख्या पनि त्यतिकै थियो । ‘५ हजार बढी मानिसहरु थिए, ठाउँ नपुगेर फर्कने संख्या पनि त्यतिकै भयो,’ मेन्याङ्बोले भने,‘गत बर्षको भन्दा घुइचो थियो ।’

बगरकोटमा नयाँ लगानीमा खुलेका लाउञ्ज एण्ड बारहरुको कारण पनि यसपाली पर्यटकहरुको घुइचो भएको व्यवसायीहरुको भनाई छ । पर्यटकहरु आफ्नो इच्छा अनुसार लाउञ्ज बारहरुमा रमाउन सक्ने भएकोले पनि यसपाली अत्यधिक भिड भएको हो । बगरबोटमा भिन्तेज, बुमर्याङ, एम.एच., भाइब्स, अर्किड र वावु लाउञ्ज एण्ड बार नयाँ लगानीमा खुलेका छन् । ‘हिजो न्यू इयर इभमा असाध्यै भिड थियो, ठाउँ नै नभएर फर्किनेहरु पनि असाध्यै,’प्रत्यक्षदर्शी फोटो पत्रकार विकास चाम्लिङले भने ।

a49450580_500250800497010_1491892066047754240_o aaaIMG_8270 copy aaay Untitled-1 copy 1