धरान : जनकपुर उपमहानगरपालिका मिल्सएरियाकी २१ वर्षीय पुजा दास मुस्कान यतिबेला निकै व्यस्त नायिका हुन् ।

उनी श्रीराम शरण दास र चन्द्रकला दासकी कान्छी छोरी हुन् । उनको १ जना दाइ र २ जना दिदिहरु छन् । उनले तीन भाषाको चलचित्रमा देखा परेकी छिन् । सानै देखि ठुलो पर्दामा आउने उनको सपना थियो । अहिले उनले उनको बालापनको सपनालाई विपनामा सावित गरेकी छिन् । उनले पहिलो चलचित्र नेपाली ‘भिमसेन’ बाट प्रवेश गरेकी हुन् । चलचित्र भिमसेनमा नायिकाको साथिको भुमिकामा प्रस्तुत भएकी छिन् । त्यसपछि उनले मैथिली चलचित्र ‘मिशन मधेस’ मा नायिकाको रुपमा भुमिका निभाएकी साथै एक वटा म्युजिक भिडियोमा समेत देखा परेकी छिन् । उनी भोजपुरी चलचित्र ‘यारी दुश्मन’ मा मुख्य नायिकाको रुपमा देखा पर्दैछिन् । पुजाले भनिन्, ‘यो चलचित्र संगसंगै मलाई बलिउड चलचित्रमा पनि खेल्ने प्रताव आएको छ । मैले सम्झौता पनि गरिसकेको छु । अब चाडैँनै इन्डिया जान्छु ।’

puja dasss

उनले एउटा चलचित्रमा खेले वापत पारीश्रमिक १ लाख ७५ हजार देखि २ लाख भारु रुपैँया पाउने गरेको बताईन् । तर, नेपाली चलचित्रमा भने पारिश्रमिक नलिएको बताईन् ।

आफनो सानै देखिको चलचित्रको ठुलो पर्दामा आउने सपनालाई पुरा गर्न जनकपुरबाट एसएलसी पास गरेर काठमाण्डौँ गएको उनले बताईन् । उनी हाल ब्याचलर पहिलो वर्षमा मार्केटिङ विषयका विद्यार्थी पनि हुन् । परिवार, साथिभाईको साथ सहयोगले गर्दा आज यो स्थानसम्म आउन सफल भएको उनले बताईन् । सबैबाट राम्रो प्रतिक्रिया पाएको पनि बताईन् ।
यहि प्रसंगमा उनलाई कसैसंग अफेयर चलेको त छ होलानि ? भनेर प्रश्न गर्दा उनले भनिन््, ‘मेरो अहिलेसम्म त्यस्तो अफेयर चलेको पनि छैन । नचलोस् पनि । बुवाआमाको रोजाई मै हुन्छ । मलाई धेरै बोल्ने मान्छे मन पर्दैन । आस देखाउने पनि मन पर्दैन ।’ अध्ययन, कलाकारिता संगै राजनितीक समेत गर्न मन लाग्ने उनले बताईन् ।
तस्विर :- सनम तामाङ

pooja das

puujaa