इनरुवा : प्रदेश १ को अस्थायी राजधानी बिराटनगरमा कम्युष्टि सरकारको चमत्कार महंगी,बलत्कार भ्रष्टाचारको नारा सहित नेपाली काँग्रेसका भ्रातृ संगठन नेपाल तरुण दलले विरोध प्रद्धर्शन सुरु गरेको छ । तरुण दलका केन्द्रीय नेताको उपस्थितिमा मंगलबार विराटनगरामा सुरु भएको आन्दोलन क्रमश सातै प्रदेशमा गर्ने भएको हो ।
विरोध सभामा नेपाल तरुण दलका केन्द्रीय सभापति जितजंग बस्नेतले निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धानले गृहमन्त्रीका प्रहरी पुत्र तर्फ औंला ठडिएको आरोप लगाए । उनले अपराधिलाई कानुनी दायरामा ल्याउन माग समेत गरे । सरकारलाई भ्रष्टाचारमुक्त बनाउन दबाव दिने उद्देश्यले नेपाल तरुण दलले आन्दोलन सातवटै प्रदेशमा गर्ने नेताहरुले बताएका छन् ।
भ्रष्टाचारमा सरकार नै फसेकोले यसको विरोधमा सडकमा आउनु परेको र समृद्धिको कुरा गर्ने सरकार असफल बन्दै गएको दाबी गरे । विराटनगरमा शनि मंदिरबाट विरोधसहित शुरु भएको जुलुस महेन्द्र चौकमा पुगि विरोध सभामा परिणत भएको थियो । सभामा सहभागी हुन प्रदेश १ का १४ वटै जिल्लाबाट आएका तरुण दलका कार्यकर्ता विराटनगरमा भेला भएका थिए ।
तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले सुशील कोइराला र गिरिजाप्रसाद कोइरालाको नामका अस्पताल खारेज गरिए अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
विरोध सभामा सुनसरीका तरुण दलका सभापति सिजन गुरुङ, झापाका सभापति गोपाल तामाङ, मोरङ काँग्रेसका सचिव नागेश कोइराला, तरुण दलका केन्द्रीय सदस्य रंजित झा र मोरङ सभापति सञ्जय थापाले सम्बोधन गरेका थिए ।