धरान: विश्व क्यान्सर दिवसको अवसरमा आज धरानमा वृहत जनचेतनामुलक साइकल र्याली आयोजना भएको छ ।

नेपाल अर्वुद रोग निवरण संस्था सुनसरी शाखाको आयोजना तथा सुनसरी साइक्लिङ संघसँगको सहकार्यमा क्यान्सरविरुद्धको जनचेतनामुलक साइकल र्याली भएको हो । विश्वमा जटिल प्रकृत्तिको रोग क्यान्सरबारे जनचेतना नहुदा उपचारको क्रममा आफ्नो सम्पत्ति, जायजेथा सबै सकाउनुपर्ने अवस्था हुन्छ । तर, समयमै उपचार गराउदा क्यान्सर निको हुने भएकोले जनचेतना आवश्यक भएकोको कार्यक्रम आयोजना गरिएको संस्थाका कार्यवाहक सभापति युगलकुमार श्रेष्ठले बताए ।

20190204_082605-01

र्याली धरानको घण्टाघरबाट शुरु भएको थियो । धरानकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले रिबन काटेर र्यालीको उद्घाटन गरेकी थिइन् । र्यालीमा ४० भन्दा बढी धरान, तरहरा, इटहरीका साइक्लिष्टहरु सहभागी थिए । उनीहरु भानुचाके, पुतलीलाइन, हुदै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हुदै रत्नचोक, कल्याण चोक, छाचा चोकलगायत घुमेर पुनः भानुचोकमा पुगेर समापन गरेका थिए । र्यालीको क्रममा क्यान्सर रोगबारे जनचेतना जगाउने विभिन्न पर्चा, ब्रोसरहरु बाडिएको सुनसरी साइक्लिङ संघका अध्यक्ष राजेन लिम्बूले बताए ।

20190204_080909-01

 

20190204_080124-01