विर्तामोड : नेपाल शिक्षक संघ अर्जुनधारा नगरको प्रथम नगर प्रतिनिधिसभा शनिश्चरेमा सम्पन्न भएको छ ।
नगर सभापति घनश्याम डांगीको सभापतित्व तथा नेपाल शिक्षक संघ जिल्ला सभापति नेत्र प्रसाद खरेलको प्रमुख आतिथ्यमा नगर समितिले वर्ष भरी गरिएको कार्यको वार्षिक प्रतिवेदन प्रस्तुती सँगै अबका योजनाहरु प्रस्तुत गरिको थियो । कार्यक्रममा भर्खरै सम्पन्न भएको शिक्षा सेवा आयोगको आन्तरिक परिक्षाबाट स्थायी भएका संघका सदस्यहर बालकल्याण प्रा.बि.की भक्ता पौडेल, जुनकीरी प्रा.बिका रन्जित परियार, शनिश्चरे मा.बिकी निर्मला लुइँटेल र बालज्योति प्रा.बि अर्जुनधाराकी बिनम अधिकारी लगायतलाई दोसल्ला ओडाइ सम्मान गरिएको थियो ।
कार्यक्रममा बिशेष अतिथिहरु केन्द्रिय सदस्य सरस्वती सिटौला, रुपक दाहाल, नेपाली काङ्ग्रेस नगर सभापती हेमराज खरेल, कर्ण तामाङ लगायतले शुभकामना मनतब्य राखेका थिए । उप सभापति पुन्य बरालले स्वागत गरेको कार्यक्रम संघका सचीव टङ्क प्रसाद न्यौपानेले गरेका थिए ।


































































