काठमाडौं : चिकित्सा पेसामा रहेका डाक्टरहरुले लाइसेन्स नविकरण गर्नुपर्ने भएको छ ।

नेपाल मेडिकल काउन्सिलबाट एकपटक लाइसेन्स लिएर सधैंभरि चिकित्सा अभ्यास गर्न पाउने व्यवस्था हटाउन लागिएको हो ।

लागू गर्न खोजिएको नयाँ व्यवस्थाअनुसार लाइसेन्स नविकरणका लागि निरन्तर पेसा उन्नयन कार्यक्रमबाट ५ वर्षभित्रमा एकसय अंक प्राप्त गर्नुपर्नेछ । –कान्तिपुर दैनिकबाट