धरान : धरान मोडल कलेज, धरानले बैंकिङ्ग साक्षरता तथा मन्टेश्वरी तालिम सम्पन्न गरेको छ । वीवीएस, वीए तथा विएड प्रथम वर्षका विद्यार्थीहरुलाई लक्षित गरेर उक्त तालिम गरिएको हो । तालिमलाई मितेरी विकास बैकका सिईयो तुलसी प्रसाद वस्ती, डिवि श्रेष्ठ, गौरव सन्ज्याल, मोहन श्रेष्ठ, शालिक सताशक राई र मनिता तामाङ्गले प्रशिक्षण प्रदान गरेका थिए । नेपालको पढाई सैद्धान्तिक भएकोले रोजगारमुखी हुन नसकेको र यसलाई अतिरिक्त कृयाकलाप तथा तालिम प्रदान गरेर रोजगारमुखी बनाउन सकिने प्रशिक्षक शालिक सताशक राईले बताए ।

मंगलबार र बुधबार दुई दिन धरान १ स्थित कलेजको तालिम हलमा सम्पन्न तालिमबाट विद्याथीहरुले जीवन उपयोगी कुराहरु सिक्न पाएको प्रतिकृया दिए । विद्यार्थीहरुको शिक्षा प्रतिको अभिरुचि जगाउनु तथा विषयवस्तुको महत्व बुझाउनु तालिमको प्रमूख उद्देश्य रहेको थियो । तालिमबाट बैंकिङ्ग क्षेत्र र मन्टेश्वरी शिक्षालाई बुझ्न सहभागिहरुलाई सहयोग पुगेको क्याम्पस प्रमूख प्रविण राईले बताए ।