धरान: धरानको वडा नं १९ का वडाअध्यक्ष पुर्ण लिम्बूका छोरामाथि छुरा प्रहार भएको छ ।

छुरा प्रहारबाट अध्यक्षका छोरा २४ बर्षीय पुजन लिम्बू गम्भीर घाइते छन् । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । धरान १२ स्थित पब्लिक स्कुलको दक्षिणी गेटको केही तल केही समय अघि छुरा प्रहार भएको हो ।

पुजनको पेटमा २ ठाउँमा छुरा प्रहार भएको छ । छुरा प्रहारबाट उनको आन्द्रासमेत बाहिर निस्किएको थियो ।उनको अहिले शल्यक्रियाको तयारी गरिएको वडा नं १८ का अध्यक्ष प्रविण राईले जानकारी दिए । प्रहरीका अनुसार एक अपरिचित व्यक्तिले 'मलाई तैले अस्ति हिर्काएको होइन' भन्दै एक्कासी छुरा प्रहार गरेको पीडितको वयानबाट खुलेको छ । ‘नाम खुलेको छ, हामी खोजी तीब्र गरिसकेका छौं,’डिएसपी ढुण्डीराज न्यौपानेले भने ।