इटहरी : इटहरी उपमहानगरपालिकाले साहित्यकार कृष्ण विनोद लम्सालको संयोजकत्वमा १५ सदस्यीय इटहरी भाषा,कला र साहित्य सृजना परिषद् गठन गरेको छ ।

उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमको अध्यक्षतामा भएको साहित्य,कला र सङ्गीत क्षेत्रका व्यक्तित्वहरूको भेलाले परिषद् गठन गरेको हो । परिषद्को सह संयोजकमा मणिराज गुरुङ, टीका आत्रेय, सचिवमा बद्री भिखारी, सहसचिवमा वासुदेव तिम्सिना र कोषाध्यक्षमा प्रज्वल पराजुली रहेका छन् ।

सदस्यहरूमा रिता ताम्राकार, सुष्मा तिम्सिना,दुर्गा दाहाल,अभिशेख तिम्सिना, सोनु जयन्ती, दिनेश कोइराला, प्रकाश सुब्बा, हेमन्त गौतम र नवीन न्यौपाने रहेका छन् ।

यसै गरी मोहन तुम्वाहाङको संयोजकत्वमा १५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ । उपप्रमुख लक्ष्मी गौतमले परिषद्ले इटहरीको कला,साहित्य र सङ्गीतको विकासका लागि नगरपालिकालाई सुझाव तथा सल्लाह प्रदान गरी इटहरीको साहित्य सङ्गीत र कला क्षेत्रका विकासमा महत्त्वपूर्ण कार्य गर्ने अपेक्षा गरे ।

संयोजक कृष्ण विनोद लम्सालले साहित्य र कलाका सम्पूर्ण विधालाई समेटेर सवैपक्षको हित गर्ने कार्यविधि निर्माण गर्ने प्रतिबद्धता जनाए । उनले इटहरी नगरका भाषा भाषी र साहित्य कलालाई उन्नति प्रगति तर्फ उन्मुख गराउन परिषद् अगाडि बढ्ने बताए । सो भेलामा सल्लाहकार संयोजक मोहन तुम्बाहाङ, साहित्यकार तथा अग्रज पत्रकार कृष्ण अधिकारी, सङ्गीत साधना प्रतिष्ठानका महासचिव राजु केसी , लोक गायक बालकृष्ण कार्की लगायतका साहित्यकार कलाकारले आ–आफ्नो धारणा राखेका थिए ।