धरान : मोरङको धनपालथान ७ उखुबारी हत्या प्रकरणमा संलग्न थप २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हत्या गरी खाल्डो खनी गाडेको कसुरमा मोरङ रङ्गेली नगरपालिका ३ आमतोलाका ३३ वर्षीय मोहम्मद सुभाम र सुनसरी देवानगनञ्ज गाउँपालिका ६ जिरोगौवाका १८ वर्षीय मोहम्मद हकिमलाई शुक्रवार साँझ पक्राउ गरिएको मोरङ प्रहरीका डिएसपी दीपक श्रेष्ठले बताए ।

गत माघ १२ गते साँझ सप्तरी शम्भुनाथ नगरपालिका ४ का ३२ वर्षीय शम्भुकुमार चौधरी र सोही स्थानमा माघ १३ गते सुनसरी धरान उपमहानगरपालिका ३ स्थायी घर भई हाल भक्तपुर लोकन्थली बस्ने ४८ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको  हत्या गरी उखुबारीमा गाडेको अवस्थामा प्रहरीले शव फेला पारेको थियो ।

मोरङ प्रहरीले हत्या घटनामा संलग्न  मुख्य योजनाकार सिराहाका ३१ वर्षीय अनिल मण्डल सहित ३ जनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।