धरान : नेकपा एमाले १४ नं. वडा कमिटीले गैरी गाउँ, झोलुङ्गे पुल, बेलडाँडा टोलको संयुक्त टोल भेला सम्पन्न मंगलबार सम्पन्न भएको छ। 
पार्टी जिल्ला सङ्गठन विभाग सचिव रवि खनाल,नगर कमिटीका उपाध्यक्ष पारस काम्वाङ राई, जिल्ला पार्टी स्कुल विभाग सदस्य गिरिराज खतिवडा नगर कमिटी सदस्यहरू टङ्क कार्की, रविन्स वर्देवाको आतिथ्यमा सो भेला सम्पन्न भएको हो । भेलाले ३५ सदस्यीय कमिटी गठन गरेको छ ।
नवगठित कमिटीको अध्यक्ष हसन्त राई, सचिव गुनश्वरी राई, सदस्यहरू क्रमशः कविता थापा, श्यामा आले, पल्लु आले, सोदा राई, कल्पना प्रधान, शर्मिला प्रधान, उमङ्ग आले, शिखा आले, तेज ब. आले, फत्त ब. खड्का, कुन्ता आले, अमर बहादुर आले, ध्रुव आले, आश्मिन आले, उज्ज्वल आले, स्वेच्छा पुलामी, मालती राई, देवी ब. कटुवाल, सन्तोष कुमार लावती, एलिना तामाङ, हेमन्त राई, निला राई, किरण राई, आशा राई, कल्पना श्रेष्ठ, प्रकाश थापा, डोलकुमारी श्रेष्ठ, सीता कटुवाल, अम्बर ब. आले, सागर राई, उत्सव आले र जङ्ग राई सदस्य रहेको ३५ सदस्यीय कमिटी गठन भएको छ ।
नवनिर्वाचित कमिटी लाई जिल्ला सङ्गठन विभाग सचिव रवि खनालले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
        
                    
        
                                        
                                                                                                
        
        
        
















        
        
















































