इटहरी : मोरङको लेटाङमा भएको घटनामा प्रधानमन्त्री शेरबहादुर देउवाले चासो देखाएका छन् । सोमबार मोरङ पुगेका देउवाले महिला प्रहरी हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याउने बताए ।
सुन्दरहरैचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै उनले हत्या अपराधमा संलग्नले उन्मुक्ति नपाउने बताएका हुन । 
आइतबार १२ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेका शिक्षकलाई पक्राउ गर्न पुगेको प्रहरी माथि स्थानीयले आक्रमण गरेका थिए । 
मोरङको लेटाङ नगरपालिका-५ कि बालिकालाई शिक्षकले यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । घटना असामान्य भएपछि झडप हुँदा महिला प्रहरी उर्मिला श्रेष्ठको निधन भएको छ।