दमक : एक जना शिक्षकले शिक्षा विकास माविकी छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा भएको विरोध प्रदर्शनपछि आइतबार राति अबेरसम्म मोरङको लेटाङ क्षेत्र तनावग्रस्त बन्यो । प्रहरी र विद्यार्थी तथा अभिभावकबिच भएको झडपमा एक जना प्रहरी जवानको मृत्यु भएको थियो । स्थानीयले घरेलु हतियार, ढुङ्गा र सिसा प्रहार गरेर उनको प्राण लिएको प्रहरीले जनाएको छ।
आज सो क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ । स्थानीय त्रसित छन्, बाहिर निस्कन स्थानीयहरू डराएको अवस्था थियो भने बजार सुनसान देखिन्थ्यो । प्रहरीको भने बाक्लो उपस्थिति रहेको छ ।