रान : धरान मेघा हिमालयन कलेजको आयोजना तथा धरान बास्केटबल सङ्घको संयोजनमा सम्पन्न धरान मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय बास्केटबल प्रतियोगिता मङ्गलवार देखि सुरु भएको छ ।

प्रतियोगिताको पहिलो दिन धरान आदर्श, एम्स एकेडेमी र समिट स्कुल विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेका छन् ।  उद्घाटन खेलमा धरान आदर्शले होलिल्याण्ड स्कुललाई ३७-२७ अङ्कले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ । मंगलबार नै सम्पन्न भएको खेलमा एम्स एकेडेमीले कार्मेल स्कुललाई ७३-२७ र समिट स्कुलले आइडल स्कुललाई २९–७ अङ्कले पराजित गरेको थियो । खेलमा धरान आदर्श र होलिल्याण्डले प्रत्येक क्वाटरमा ५–७,७–३,७–२ र १८–१५, एम्स र कार्मेल स्कुलले १८–५,१२–१२,१२–८ र ३१–२ अङ्क जोडेका थिए । यसैगरी समिट र आइडल स्कुलले ५–१,७–१,१०–०र ७–५ अङ्क जोडेका थिए । नकआउटको आधारमा खेलाइएको प्रतियोगितामा जित सँगै विजेता टिम क्वाटरफाइनल प्रवेश गर्न सफल भएका छन् ।

दिवंगत बास्केटबल खेलाडी रेवाहाङ राईको स्मृतिमा सम्पन्न प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि १ न. प्रदेश सामाजिक विकास मन्त्री राजन राईले पानसमा दिप प्रज्वलन गरेर गरेका थिए । 

कार्यक्रम सुरु हुन अघि दिवङ्गत रेवाहाङ राई र नेपाल बास्केटबल सङ्घका दिवङ्गत केन्द्रीय अध्यक्ष टेन्डी शेर्पालाई सम्झँदै एक मिनेट मौन धारण गरेका थिए ।

अध्ययन सँगै विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा समेत सँगै अगाडि बढाउनका लागि खेल र खेलाडीको सम्मान गर्दै दिवङ्गत रेवाहाङ राईको स्मृतिमा बास्केटबल प्रतियोगिता आयोजना गरिएको सो कार्यक्रममा धरान मेघा हिमालयन कलेजका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष कैलाश लिम्बुले स्वागत मन्तव्य व्यक्त गरे । 

चैत्र १९ गते सम्म सम्पन्न हुने प्रतियोगितामा विजेताले नगद पन्ध्र हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद सात हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको व्यक्तिगत विद्या तर्फ उत्कृष्ट खेलाडीले नगद एक हजार ५ सय, उत्कृष्ट स्कोररलाई नगद १ हजार, फुड भौचर, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । उत्कृष्ट स्कोरर र उदीयमान खेलाडीले ट्रफ्रि, फुड भौचर र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

धरान मेघा हिमालयन कलेजको बास्केटबल कोर्टमा भइरहेको प्रतियोगितामा धरान र धरान आसपासका क्षेत्र तथा जिल्लाका १६ टिमले सहभागिता जनाएका छन् । उद्घाटन कार्यक्रममा नेपाल बास्केटबल सङ्घका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामा, धरान उपमहानगर प्रमुख तिलक राई, सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदी, नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राई, रेवाहाङ राईका बुवा रेवतिरमन राई र आमा सुजता राई लगायतको उपस्थिति रहेको थियो ।

Rewahang-Basketball-3

Rewahang-Basketball-2