धरान : चार दलीय गठबन्धनमा राप्रपा, लिम्बुवान र जनमोर्चाको नैतिक समर्थन भन्ने समाचारमा राष्ट्रिय प्रजातन्त्र पार्टी धरान नगर कार्यसमितिले खण्डन गरेको छ । 

धरान उपमहानगरपालिकामा वैशाख ८ गते नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी बिचको गठबन्धनमा नैतिक समर्थन रहेको भनिएकोमा राप्रपाको कुनै पनि दलहरूसँग गठबन्धन तथा नैतिक समर्थन नरहेको आम नागरिकमा जानकारी गराउन चाहन्छौ भन्दै राप्रपाले खण्डन जारी गरेको हो ।

राप्रपाका धरान नगर अध्यक्ष नवीन पराजुलीद्वारा हस्ताक्षरित खण्डन पत्रमा  वैशाख ८ गते  कपुरी न्युज डटकममा प्रकाशन भएको “धरानमा भयो चार दलीय गठबन्धन, राप्रपा, लिम्बुवान र जनमोर्चाको नैतिक समर्थन रहने” भन्ने शीर्षकको समाचारको खण्डन गरिएको हो ।

Raprapa-Khandan