चतरा : नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट वराहक्षेत्र नगरपालिकाको मेयरको उम्मेदवार बनेका रमेश कार्कीको मत माग्ने शैली देखेर मतदाताहरू चाख मानेर हेरिरहेका थिए । 
चक्रघट्टिको शिवालय, जंगिचोक, सङ्गम चोक जस्ता टोलमा गठबन्धनबाट वडाका उम्मेदवार, कार्यकर्ता सहित मत माग्न पुगेका कार्कीले ठुलासँग आशीर्वाद सहित मत मागी राख्दा काँग्रेस र माओवादी बाहेकका अन्य स्थानीय पनि चाख मानेर हेरिरहेका थिए  अग्रज एवम् ज्येष्ठ नागरिकले हात शिरमा राखी दिँदा कार्की आशीर्वाद र सहयोगको अपेक्षा रहेको बताउँथेँ ।
धार्मिक एवम् प्राकृतिक रूपले सुन्दर र सभ्य नगरको रूपमा अग्रपङ्क्तिमा वराहक्षेत्र आउने नगर हो वराहक्षेत्र। यो क्षेत्र नेपालमा मात्र नभएर संसारमै वराहक्षेत्र धाम र कुम्भ नगरीको रूपमा परिचित छ । तर वराहक्षेत्रले यसको फाइदा लिन सकेको छैन । उम्मेदवार कार्की भने ५ वर्षसम्म वराहक्षेत्र नगरपालिकामा नेतृत्व गर्ने पार्टीको भिजन नहुँदा जनताले विकल्पमा काँग्रेसलाई मत दिएर वराहक्षेत्र त्यो पहिचानलाई नगरको विकाससँग जोड्ने प्रतिबद्धता राख्दै मत मागी रहेका छन् । 
निर्वाचन मार्फत वराहक्षेत्रवासीले आफ्नो भाग्य र भविष्यको फैसला गर्दै छन् । वराहक्षेत्र नगरपालिकालाई आज सम्मका एमालेले आफ्नो गढको रूपमा दाबी गर्दै आइरहेको छ । यस पटक पनि माओवादीको साथ पाएको काँग्रेसले गठबन्धनको जित दर्ता गर्ने लक्ष्यका साथ अभियानमा छ। वैशाख ३० गते हुने निर्वाचनमा गठबन्धन दल एमालेलाई हराएर इतिहास बनाउने भन्दै सक्रिय छन् ।
मुलुकको पुरानो एवं प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेस र युद्धबाट आएको माओवादी केन्द्रले निर्वाचनका लागि गठबन्धनको तर्फबाट उम्मेदवार दर्ता गरिसकेका छन् । इतिहासमै पहिलो पटक वराहक्षेत्रमा अभूतपूर्व काँग्रेस र माओवादी  एकता कायम गर्दै गठबन्धनको तर्फबाट नेपाली काँग्रेस नगर समितिका सभापति रमेश कार्की  मेयर पदमा र नेकपा माओवादी केन्द्रका नगर कमिटी सचिव अमित गौतम उम्मेदवार बनेका छन् । मेयरमा कार्की र उपमेयरमा गौतम निर्वाचनमा जित सुनिश्चित भएको गठबन्धनका कार्यकर्ता दाबी गरेका छन् ।
रमेश कार्की वराहक्षेत्रमा समाजसेवाको पृष्ठभूमिबाट पार्टीको नेतृत्वमा उदाएका प्रभावशाली युवा नेता हुन । दर्जनौँ सामाजिक सङ्घ संस्थामा समेत सक्रिय रहेका गरेका उनी चक्रघट्टि जेसिजका पूर्व अध्यक्ष समेत हुन । 
नेकपा एमालेलाई ५ वर्ष सम्म वराहक्षेत्र नगरको नेतृत्व गरेर पनि नगरवासीलाई यथास्थितिमै राखेको आरोप लाग्दै आएको छ। 
एमालेलाई नगरवासीले  दिएको  जिम्मेवारी अपेक्षाकृत रूपमा पुरा गर्न नसकेको र स्थानीय तह मार्फत हुने विकास निर्माणका कार्यहरूमा ठुलो भ्रष्टाचार भएकाले यस पटक वराहक्षेत्रवासीले परिवर्तन चाहेको प्रचारमा खटिएका गठबन्धनका उम्मेदवारहरू बताउँछन् ।
ramesh-baraha-aashirabad