धरान : धरानबाट गए राति १८ जना सडक बालबालिकाको उद्धार गरिएको छ । 

धरानको भानुचौक, धनकुटे रोड, पुतली लाइन, आचार्य लाइन लगायतका स्थानबाट गए राति १२ बजे १६ बालक २ बालिका सहित १८ जना सडक बालबालिकाहरूलाई उद्धार गरिएको धरान उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णु कोइरालाले जानकारी दिए । 

बालबालिका खोजतलास केन्द्र प्रदेश १ विराटनगरको संयोजकत्वमा धरान उपमहानगरपालिका, नगर प्रहरी र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलीले सडक बालबालिकाहरूको उद्धार गरेको हो । 

निर्वाचनको समयमा सडक बालबालिकाहरूलाई प्रयोग गरी आपराधिक गतिविधि हुन सक्ने कुरालाई मध्यनजर गरी सडक बालबालिकाहरूको उद्धार गरिएको हो । उद्धार गरिएका १६ जना बालबालिकाहरूलाई मोरङको बेलबारी स्थित बालबालिका पुनर्स्थापना केन्द्रमा र २ बालिकालाई बालबालिका उद्धार अस्थायी शिविर विराटनगरमा पठाइएको छ ।  

Balbalika12