इटहरी : मोरङको सुन्दरहरैंचा नगरपालिका २ मा नेपाली काँग्रेसको प्यानलै विजयी भएको छ। मंगलबार बिहान सम्पन्न मतगणनामा २६ वर्षीय विवश प्रधान वडा अध्यक्षमा निर्वाचित भएका हुन् । 
नेकपा एमालेका उम्मेदवार झरीलाल माझी थारुलाई ११० मतले पछि पार्दै प्रधानले काँग्रेस विजयी सुरुवात गरेका छन् । प्रधानले १५७० मत ल्याउँदा माझिले १४६०  मत प्राप्त गरे। त्यसैगरी माओवादी केन्द्रबाट महेशलाल माझीले १८५ मत पाए ।
त्यस्तै खुल्ला सदस्यमा काङ्ग्रेसकै ओम नारायण चौधरी र नन्द नारायण गच्छदार, महिला सदस्य सीता खवास, दलित महिला सदस्य प्रमीला कुमारी बिक निर्वाचित भए । यस अघि काङ्ग्रेसकै डोरीलाल चौधरीले वडाको नेतृत्व गरेका थिए।
sundar-haraichha-mayar