धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा सूर्य संग्रौला नियुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले प्रतिष्ठानको रजिष्ट्रारमा सूर्य संग्रौला नियुक्त भएको पुष्टि गरे ।

प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको सिफारिसमा सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले संग्रौलालाई रजिस्ट्रारको जिम्मवारी दिएका हुन् । प्रतिष्ठानका तत्कालीन रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी विवादमा परेपछि २०७८ भदौ ११ गते राजीनामा दिएका थिए । उनको राजीनामा गत भदौ २४ गते स्वीकृत गरैसँगै त्यसयता रजिष्ट्रार पद रिक्त थियो । संग्रौला नेपाली कांग्रेस नेतृ  डिला संग्रौलाका श्रीमान हुन् ।

यसैगरी, प्रतिष्ठानको अस्पताल निर्देशकमा डा. जगत प्रसाद नियुक्त भएका छन् । यसअघि उनी अस्पतालका सहायक निर्देशक थिए । प्रतिष्ठान सिनेट सदस्यमा डा. ज्ञानेन्द्र मल्ल र डा. स्मृति कार्की पनि मनोनित भएको मन्त्रालयले जनाएको छ ।