विराटनगर : विराटनगरको संसारीमाईस्थान पश्चिममा रहेको स्कुल अफ म्यानेजमेन्ट स्टडीज् (सोम्स्) कलेजले बिधार्थीहरुको बोल्ने क्षमताको विकास गर्ने उद्देश्य अनुरूप निरङ्कुश व्यवस्थापक भन्दा प्रजातान्त्रिक व्यवस्थापक राम्रो शीर्षकमा वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ ।  

बिद्यार्थीहरुको प्रतिभा प्रस्फुटन तथा वाककला अभिवृद्धि गराउने उद्देश्यले आयोजित कार्यक्रममा व्यवस्थापन सङ्कायतर्फका स्नातक तह अध्ययनरत १७ जना विद्यार्थीहरूले भाग लिएका थिए भने सम्पूर्ण बिधार्थीहरुको उपस्थिति रहेको थियो ।
प्राडा चन्द्र तिम्सिनाको नेतृत्वमा वनेको निर्णायक समितिले प्रभावकारी शैलीमा प्रस्तुत भएका सबै प्रतिस्पर्धी विद्यार्थीहरू मध्येबाट क्रमशः प्रथम अञ्जना शर्मा, द्वितीय शारदा श्रेष्ठ र तृतीयमा निर्मला गवाजुले सफलता प्राप्त गरेकी थिइन ।
विद्यार्थीहरूका लागी आवश्यक विभिन्न गतिविधिहरू गराउँदै आएको सोम्स कलेजले आगामी दिनहरूमा थप नयाँ कार्यक्रमहरू गरिने जसबाट विद्यार्थीहरूले धेरै नै लाभ लिन सक्ने तथा सैद्धान्तिक ज्ञान मात्र नभएर व्यवहारिक र सामाजिक कार्यमा पनि कसरी लाग्न सकिन्छ भन्ने कुराको ज्ञान दिने कलेजका सञ्चालक रोशन घिमिरेले बताए ।