धरान : जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष अशोक राईले आफूले सुनसरी क्षेत्र नम्बर १ मा भरपुर विकाश गरे पनि प्रचार नगरेको बताएका छन् । शुक्रवार धरानमा आयोजित जसपा नेकपा एमाले संयुक्त पत्रकार सम्मेलनमा उनले सुनसरी १ मा धेरै विकाश आयोजना ल्याएको बताएका हुन् । 
पत्रकारले तपाईँलाई जनताले किन भोट दिने ? भन्ने प्रश्नमा उनले भने ‘मैले यस क्षेत्रको भौतिक तथा सामाजिक विकाशमा उल्लेखनीय कामहरू गरेको छु । मलाई यहाँको धेरै समस्या थाहा छ । म यस क्षेत्रको विकाशमा नेकपा एमालेका साथीहरू सँग मिलेर काम गर्न तयार छु ।’
धरानलाई खेलकुद तथा साङ्गीतिक विश्वविद्यालयको रूपमा विकाश गर्न सकिने भन्दै उनले त्यसतर्फ आफ्नो ध्यानाकर्षण भएको बताए ।