धरान : सुनसरीमा अहिले सम्म कुनै पनि क्षेत्रको मत गणना सुरु भएको छैन । 

राति अबेर मात्रै मतपेटिका सङ्कलन भएको र प्रमाणित गरेर बुझ्ने कार्य भएकोले मतगणना गर्नकालागि ढिलो भइरहेको निर्वाचन कार्यालय सुनसरीले जनाएको छ । 

सुनसरीमा अहिले सबै तिर सर्वदलीय बैठक बसिरहेको र बस्ने तयारी भइरहेकोले आज बिहान ११ बजे देखि मात्रै मतगणना हुने सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

सुनसरीको निर्वाचन क्षेत्र १ को धरानमा अहिले सर्वदलीय बैठक बस्न लागेको निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालले जानकारी दिएका छन् ।

यस्तै निर्वाचन क्षेत्र २ मा पनि बैठक बस्ने तयारी भइरहेको निर्वाचन अधिकृत एकराज अधिकारीले जानकारी दिए । यस्तै ३ र ४ मा पनि सर्वदलीय बैठक बस्ने तयारी भइरहेकोले सुनसरीमा सबै तिर बिहान ११ बजे देखि मात्रै मतगणना हुनेछ ।

सुनसरी जिल्लामा जम्मा ३४६६९३ जनाले मतदान गरेका छन् । जसमा पुरुष १६९२३५, महिला १७७४५४, र अन्य ४ जनाले मतदान गरेको निर्वाचन आयोगले जानकारी दिएको छ ।  यस पटक ६३ दशमलव ६ प्रतिशत मत खसेको आयोगले जनाएको छ ।

Matpetika-1