• रश्मि प्रधान
धरान : हिमालय टेलिभिजनबाट प्रसारण हुने गायन रियालिटी सो 'द भ्वाइस अफ नेपाल' को चौथो सिजनको टप १२ मा पर्न सफल धरानका प्रतियोगी गायक पदम राईलाई भोट गरी विजेता बनाउन गायक राईका दाजु भूपाल राईले अपिल गरेका छन् ।
राईले बुधवार धरानको देशीलाइन स्थित होटेल हङकङमा पत्रकार सम्मेलन नै गरेर  भोटिङकालागी अपिल गरेका हुन ।
प्रतियोगी गायकका दाजु राईले भाइ निकै नै मेहनतका साथ गायन क्षेत्रमा लागिपरेकोले उनलाई विजय बनाउन तथा धरानको ठुलो भूमिका भएको बताए । राई धरानको छोरो भाइ भतिजो तथा गायन क्षेत्रका एक कर्मठ युवा भएकाले भोटिङ गरेर कलाकारिताको क्षेत्रको भविष्य उज्ज्वल बनाउन सहयोग पुर्‍याइदिनुहुन समपूर्ण धरानेलाई अपिल गरेका छन् । 
केही महिनाअघि सुरु भएको नयाँ सिजनको द भ्वाइस अफ नेपालको टप १२ मा पर्न सफल भएको र उनी द भ्वाइस अफ नेपालका कोच राजेश पायल राईको टिममा रहेको पनि जानकारी गराए उनले जानकारी दिए । उनलाई भोट गर्न गुगल प्ले स्टोर र एप स्टोरमा रहेको 'द भ्वाइस अफ नेपाल'को खल्ती एप डाउनलोड गरी भोट गर्न सकिने पनि उनले जानकारी दिए ।
डिजिटल रूपमा प्राप्त भिडियोबाट छानेर ब्लाइण्ड अडिसन गरिएको उक्त कार्यक्रमको अडिसनमा प्रतियोगीहरूको उत्साहजनक सहभागिता रहेको र प्रतियोगीहरू मध्ये उत्कृष्ट प्रस्तुति दिँदै आएका पदम राई हाल टप १२ मा पर्न सफल भएका हुन । हिमालयन टेलिभिजनबाट प्रसारण हुने यो कार्यक्रमको तीन वटा सिजन यसअघि सफलतापूर्वक भइसकेका छन्।