धरान : भिभो एक विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्डले नेपालमा आफ्नो ५ वर्ष पूरा गरेको छ । 
विगत पाँच वर्षदेखि बजारमा आफ्नो बलियो उपस्थिति जनाएको भिभो नेपालको लोकप्रिय स्मार्टफोन ब्रान्डहरूमध्ये एक बन्न सफल भएको छ । पाँचौँ वार्षिकोत्सवको उपलक्ष्यमा भिभोले आफ्ना उपभोक्ताहरूलाई आभार प्रकट गर्न आकर्षक उपहारहरू र विशेष मूल्य कटौतीसहित आफ्नो वार्षिक सेल्स कार्निभल सुरु गरेको छ ।
भिभो सेल्स कार्निभल अन्तर्गत ग्राहकहरूले भिभो स्मार्टफोन खरिद गरेर बम्पर लक्की ड्र मा दुई जनाले ४३ इन्चको भिडियोकन स्मार्ट टिभी, हरेक हप्ता एक जनाले भिभो वाई१५सी, हरेक हप्ता दुई जनाले जेबेल्जको स्मार्टवाच, हरेक दिन दुई जनाले नोइज इयरबड र रु ३०,००० भन्दा माथिको कुनै पनि फोन खरिदमा थप ६ महिनाको वारेन्टी सहित आकर्षक पुरस्कारहरू जित्ने मौका पाउने कम्पनीले जानकारी दिएको छ । यसका लागि लक्की ड्र मा सहभागी हुन् ग्राहकहरूले वेबसाइट वा भिभोको सामाजिक सञ्जालमा भएको क्युआर कोड स्क्यान गरेर आवश्यक विवरण पेस गरेपछि आफूलाई परेको पुरस्कार थाहा पाउन सक्नेछन् । 
पुरस्कार जित्नका साथै, ग्राहकहरूले कार्निभल अवधिभरि केही उत्कृष्ट स्मार्टफोनहरूको मूल्य समेत घटाएको छ 
भिभो “मोर लोकल, मोर ग्लोबल” अवधारणाबाट निर्देशित ब्रान्ड हो जसले स्थानीय प्रतिभा, संस्कृति र उपभोक्ताका विकासशील प्राथमिकताहरूलाई सम्मान गर्छ । ब्रान्डले हालै स्टाइलिश र परिष्कृत भी२५ सिरिज, लोकप्रिय वाई१६ र वाई२२एस, साथै वाई३५ सहित धेरै उल्लेखनीय र शक्तिशाली उपकरणहरू लन्च गरेको छ, जसले यस क्षेत्रमा उत्कृष्ट सफलता हासिल गरेको छ । 
यो योजना मङ्सिर १५ गतेदेखि पुस १६ गतेसम्म लागू हुनेछ जहाँ उपभोक्ताहरूले सहभागी भएर आकर्षक अफरहरूको लाभ लिन सक्नेछन् । यस अभियानको बारेमा थप जान्नको लागि, भिभोको सामाजिक सञ्जालका पृष्ठहरू र वेबसाइटहरूमा सम्पर्क राख्न सकिने कम्पनीले जानकारी दिएको छ ।