काठमाडौँ : बालबालिकाहरूले अत्यधिक रुचाउने कार्टुन सिरिज अब नेपालीमा हेर्न पाउने भएका छन्।
नेपाली बालबालिकाहरूले हिन्दि र अङ्ग्रेजी भाषाको कार्टुनहरू धेरै हेर्ने गरेका छन्। नेपालको अर्ग्यानिक कार्टुन ‘यीनी र मिनी’ को ट्रेलर सार्वजनिक गरिएको छ । एक मिनेट ३२ सेकेन्ड लामो ट्रेलरमा यिनी र मिनीको सस्पेन्स कथालाई देखाउन खोजिएको छ । मुनाबाट मिनी बनेकी पात्र र उनको दुई साथी र यिनिको कथा समावेश कार्टुन सिरिज नेपालको अर्ग्यानिक कार्टुन हो।
नेपाल नेटवर्क टेलिभिजनमा माघको दोस्रो साताबाट प्रसारणमा आउने कार्टुन सिरिज ‘यीनी र मिनी’ले कार्टुन हेर्ने दर्शकलाई थप मनोरञ्जन प्रदान गर्नेछ। प्रभावन जेको कन्सेप्टमा बनेको कार्टुन सिरिजको शृङ्खला निर्देशक नवीन भट्ट हुन् भने आयो स्टुडियोले ग्राफिक्स र एनिमेसन गरेको छ। ‘यीनी र मिनी’ को पोस्ट प्रोडक्सन हेड रमेशमान श्रेष्ठ रहेका छन्।
डीएआर मुभिजको निर्माणमा बनेको कार्टुन यिनी मिनी सँगै अन्य ३ वटा एनिमेटेड सो नेपाल नेटवर्क टेलिभिजन मार्फत प्रसारण गर्ने तयारी रहेको डीएआर मुभिजका सञ्चालक सदस्य श्याम धितालले जानकारी दिए।