इलाम : इलामको इलाम नगरपालिका १ साखेँजुङ स्थित पोखरीमा डुबेर बालिकाको मृत्यु भएको छ ।
आज बिहान ८ बजे घरमा खेल्ने क्रममा आफ्नै बारीमा भएको पोखरीमा डुबेर घाइते भएकी हिमाल दाहालको छोरी २६ महिनाकी बालिका हिमान्सी दाहालको मृत्यु भएको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।