काठमाडौँ : पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवाल सैनिक अस्पतालमा उपचाररत छन् । दुवै मिर्गौला फेल भएपछि डायलासिस गराउँदै आएका उनी छाउनीस्थित सैनिक अस्पतालमा उपचार गराइरहेका हुन् ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार स्वास्थ्यमा थप समस्या देखिएमा कटवालको आइसियुमा राखेर उपचार भइरहेको छ ।
‘मिर्गौलामा समस्या देखिएपछि साताको दुई दिन डायलासिस गराइरहनु भएको थियो । थप समस्या देखिएपछि उहाँ मङ्गलवारदेखि आइसियुमा हुनुहुन्छ’, भण्डारीले भने । उनका अनुसार कटवालको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ।
कटवाल २४ भदौ २०६३ मा नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त भएका थिए ।