ताप्लेजुङ : ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका २ फूलबारीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा फूलबारीस्थित सिमलबोटेका ३९ वर्षीय सुखमाया श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । बिहीबार अपराह्न बाख्रा चराउन गएकी श्रेष्ठ घर नफर्किएपछि आज बिहान खोजी गर्ने क्रममा मृत अवस्थामा फेला परेको स्थानीयले बताएका छन् । 
अव्यवस्थित ढङ्गले जमिनको भाग छुने गरी रहेको बिजुलीको नाङ्गो तारबाट करेन्ट लागेर श्रेष्ठको ज्यान गएको स्थानीयको भनाई छ।