चतरा : नेपाल रेडक्रस सोसाइटी उपशाखा महेन्द्रनगरको सभापतिमा कालुराम चौधरी निर्वाचित भएका छन् । 
शुक्रवार सम्पन्न भएको निर्वाचनबाट कालूरामले निवर्तमान सचिव बेदनाथ घिमिरेलाई १४ मतको अन्तरले पराजित गर्दै विजयी भएका हुन्। विजयी कालूरामले १ सय मत प्राप्त गरेका थिए भने बेदनाथले ८६ मत मात्र प्राप्त गरे । त्यस्तै उपसभापति पदमा शकुन्तला गुरागाईँ विजयी भएकी छिन् । उनले १ सय १४ प्राप्त गरेकी थिइन् । 
उनको प्रतिस्पर्धी मिनाकुमारी क्षेत्रीले ७३ मत मात्र प्राप्त गरेकी थिइन् । त्यस्तै महिला सदस्य पदमा रिता अधिकारी विजयी भएकी छन् भने खुल्ला सदस्य पदमा विष्णु बस्नेत, ज्ञानकुमार राई, सत्रुधन प्रसाद रौनियार र गायत्रीप्रसाद पाण्डे निर्वाचित भएको निर्वाचन समिति संयोजक रबिन घिमिरेले जानकारी दिए । 
सचिवमा पदमबहादुर माझी निर्विरोध निर्वाचित भएको समितिको कोषाध्यक्ष पदमा दीपक अधिकारी, उपसचिव पदमा भवानीप्रसाद धिमाल र उप कोषाध्यक्ष पदमा तीर्थराज माझी निर्विरोध निर्वाचित भएका थिए ।
नवनिर्वाचित समितिको पदाधिकारी तथा सदस्यहरूलाई शुक्रवार नै निर्वाचन समितिका संयोजक घिमिरेले प्रमाण पत्र वितरण र पदभार ग्रहण गरेका छन्।