धरान : सुनसरी उद्योग वाणिज्य सङ्घ, सुनसरीको आयोजनामा हुन लागेको धरान एक्स्पो २०७९ फागुन ११ गते बिहीबारबाट धरान रङ्गशालाको तल्लो मैदानमा आयोजना हुदैछ।
फागुन २० गते शनिवार सम्म १० दिन चल्ने 'धरान एक्स्पो-२०७९'मा  व्यवसायीक, व्यापारिक, औद्योगिक, कृषि, पर्यटन, खेलकुद, शिक्षा, स्वास्थ्य, वित्तीय संस्था लगायतका क्षेत्रको विभिन्न स्टलहरू प्रमुख आकर्षण रहनेछ भने विभिन्न रमाइला खेलहरू सँगै  हरेक दिन राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको बेजोड प्रस्तुति हुने अध्यक्ष विजय श्रेष्ठले बताए। उद्घाटनको दिन साँझ अहिलेको युवापुस्ताका चर्चित गायक समीर श्रेष्ठको विशेष प्रस्तुति रहनेछ।
थाम न हात मेरो, हेरन, चार दिवार, टीका जमरा, मायालु सुनन, कुरी बस्छौ, आँसुले मुहार धुदैछ, बुझी देऊ, मेरो मनमा, मनका कुरा, सम्झना छ लगायतका थुप्रै चर्चित गीतहरू युवाहरूमाझ निक्कै नै चर्चित रहेको छ।
एक्लै प्रस्तुति दिँदै आएका गायक समीर श्रेष्ठले यसपालि आफ्नो ब्याण्ड क्रिसेंट्सका ६ जना ब्याण्ड मेम्बरका साथ पहिलोपल्ट लाइभ प्रस्तुति  दिदैछन। एक्स्पोको दोस्रो दिन चर्चित गायक छेवाङ्ग लामाको प्रस्तुति रहनेछ।