इटहरी : इनरुवा नगरपालिकाका पूर्व मेयर राजन मेहेताले गाडी फिर्ता नगरेको पाइएको छ । नगरपालिका मातहत रहेको गाडी मेहेताले व्यक्तिगत प्रयोजनमा प्रयोग गरेका हुन् । 
जिल्ला समन्वय समिति सुनसरी सभापति समेत रहेका राजन गाडी र स्कुटर फिर्ता नगरेपछि आलोचना सुरु भएको छ । 
इनरुवा नगरपालिकाको बा १ झ ८८२३ नम्बरको सेन्ट्रो कार र को २७ प १८ नम्बरको हिरो डिलक्स स्कुटर मेहेताले फिर्ता गरेका छैनन् । नगरपालिकाले मेहतालाई पत्राचार गरेरै गाडी फिर्ता गर्न अनुरोध गरेको महिना दिन पूरा भएको छ । प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले माघ ३ गते काटेको पत्रमा गाडी फिर्ता गर्न आग्रह गरिएको छ ।
जिसस महासङ्घको केन्द्रीय अध्यक्ष रहेका मेहेताले गाडी  आफन्तलाई चलाउन दिएका छन् ।
गाडी बिग्रिएको कारण बनाउन दिएको उनले बताए । अरूले गलत प्रचार गरेको सुनाएका हालका नगरप्रमुख केदार भण्डारी उपचारको लागि भारत गएको कारण फिर्ता गर्न ढिला भएको प्रष्ट पारे । नगरपालिका सँग समन्वय भएरै गाडी राखेको र गाडी चल्ने अवस्थामा नरहेको उनको भनाइ छ ।