इटहरी : इलाका प्रहरी कार्यालय इटहरीले हाली पर्व २०७९ को अवसरमा शुभकामना व्यक्त गरेको छ ।

शुभकामना दिँदै कार्यालय प्रमुख माधव प्रसाद काफ्लेले महँगो गहना र चर्को ध्वनिको प्रयोग नगर्न आग्रह गरेका छन् ।
होली पर्वलाई सभ्य शिष्ट र मर्यादित तवरले मनाउन अनुरोध गर्दै उनले कुनै किसिमको अप्रिय घटना हुन नदिन सबैले सचेत हुनुपर्ने बताए ।
ठुलो भिडभाडमा सहभागी नहुन आग्रह गरेका प्रहरी नायव उपरीक्षक काफ्लेले ट्राफिक नियमको पालना गरी उछ्रिङखल गतिविधि नगर्न अनुरोध गरे । अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान र त्यस्तो समूहमा नहिँड्न उनको सुझाव छ ।
कसैको इच्छा विपरीत लोला हान्ने, रङ्ग वा मोसो दल्ने काम बन्द गर्नुपर्ने उनले बताए । मादक पदार्थ सेवन नगर्न आग्रह गर्दै उनले कुनै पनि कार्यक्रम गर्नु पूर्व जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्ने उनको भनाई छ ।