इटहरी : इटहरी उपमहानगरपालिकाको प्रवक्तामा वडा नम्बर ६ का अध्यक्ष दिवस पोखरेल नियुक्त भएका छन् ।

उपमहानगर प्रमुख हेमकर्ण पौडेलले पोखरेललाई प्रवक्ता चयन गरेका हुन् ।

चैत १ गतेको निर्णय अनुसार उपमहानगरपालिकाका निर्णय र सूचना सरोकारवाला सम्म पुर्‍याउन प्रवक्ता चयन गरिएको बताइएको छ ।

प्रवक्ता चयन भएसँगै पोखरेलले सरोकारवालाको सूचनाको हकलाई पुर्णरुपमा पालना गर्ने बताए ।

पुर्व पत्रकार समेत रहेका पोखरेलले इटहरीका विभिन्न सामाजिक संघसंस्थाको नेतृत्व गरिसकेका छन् ।