धनकुटा : धनकुटा जिल्लाको धनकुटा नगरपालिका-९ स्थित तमोर नदीमा  डुबेर एक जना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनकुटा नगरपालिका-९ कि ४५ वर्षीय मसिनी बि.क. रहेकी छन् ।

हिजो दिउँसो नदीमा लुगा धुने क्रममा चिप्लिएर लड्दा उनको नदीमा डुबेर  मृत्यु भएको हो ।

घटना स्थलमा तत्काल खटिएको प्रहरी टोलीले मृतकको शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा पठाएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।