धरान : विश्वकर्मा कल्याण सेवा समिति धरान-८ समितिको अध्यक्षमा शिवराम विश्वकर्मा चयन भएका छन् ।
शुक्रवार धरान-८ स्थित परिवार सेवा समाजको हलमा सम्पन्न पहिलो अधिवेशनले विश्वकर्माको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा मोहन गहतराज, सचिवमा मिना गजमेर, सह-सचिव सोनिया लोहनी र कोषाध्यक्षमा सम्झना घिमिरे चयन भएका हुन् ।
कार्यसमितिको सदस्यहरूमा खेमराज बराइली, राज कुमार गजमेर, तारा ल्वागुन र पञ्चकन्या खाती चयन भएका छन् । कोषाध्यक्ष रेणुका विश्वकर्माले आर्थिक प्रतिवेदन पेस गरेकी थिइन् ।
सचिव बलिन्द्र बराइलीले साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए । हेम सिलवालको अध्यक्षमा सम्पन्न अधिवेशनमा आर्थिक प्रतिवेदन र साङ्गठनिक प्रतिवेदन बहुमतले पारित भएको थियो ।
अधिवेशनमा केन्द्रीय समितिका अध्यक्ष लालबहादुर सेन्चुरी, सल्लाहकार लीला शङ्करलगायतको उपस्थिति रहेको थियो ।